रहेनन् वडासदस्य सत्याल

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । उनको आइतबार राति ९ बजे निधन भएको हो ।
सत्याल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । भक्तपुर क्यान्सर अस्पतालमा उनले उपचार गराउँदै आएका थिए ।
नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुन् । उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया