अब्बल सूचना अधिकारी खोज्दै सूचना आयोग, उत्कृष्टले पुरस्कार पाउने
काठमाडौं । राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अधिकारी चयन गरेर पुरस्कृत गर्ने भएको छ ।
आयोगले सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीहरूमध्येबाट उत्कृष्ट सूचना अधिकारी चयन गरेर उनीहरूलाई पुरस्कृत गर्न लागेको हो ।
आयोगले एक सूचना जारी गर्दै सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार’बाट सम्मान गर्न लागेको जनाएको छ ।
आयोगले आगामी ३० दिनभित्र कार्यालयमा आइपुग्ने गरी उत्कृष्ट सूचना अधिकारीको नामावली पठाइदिन पनि सार्वजनिकायका कार्यालय प्रमुखलाई आग्रह गरेको छ । आयोगका अनुसार, यससम्बन्धी सिफारिस फाराम आयोगको वेबसाइटमा राखिएको छ ।
ताजा अपडेट
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ


प्रतिक्रिया