अमेरिकाले भन्यो-युद्ध अन्त्य गर्न रुसले कब्जा गरेको भाग युक्रेनले छाड्नु पर्छ
काठमाडौं । रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले आफ्नो केही भूभाग त्याग्नुपर्ने अवस्था आउन सक्ने अमेरिकाले जनाएको छ ।
युद्ध अन्त्यका निम्ति अमेरिका र युक्रेनका अधिकारीबीच हुन गइरहेको वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको हो ।
युद्ध अन्त्यगर्ने हुन गइरहेको वार्ता स्थलतर्फ लाग्नुअघि पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्री मार्को रुबिओले सन् २०१४ यता रुसले कब्जा गरेको भूभाग युक्रेनले छाड्नुपर्ने बताएका हुन् । युक्रेनले मात्र नभएर रुसले पनि आवश्यक परेको खण्डमा केही त्याग गर्नुपर्ने उनले बताए । तर रुसले गर्नुपर्ने त्यस्तो त्यागबारे स्पष्टसँग भने उनले केही बताएनन् ।
‘युद्ध अन्त्यका लागि दुवै राष्ट्र कठिन निर्णय लिन पनि तयार हुनुपर्छ,’ विदेश मन्त्र रुबिओलोको भनाइ उद्धृत गर्दै द न्युयोर्क टाइम्सले लेखेको छ ।
यसैबीच, अमेरिकी शीर्ष कूटनीतिज्ञले साउदी अरबमा अमेरिका र युक्रेनी अधिकारीहरूबीचको वार्ताअघि रुससँगको युद्ध अन्त्य गर्न आंशिक युद्धविराम प्रस्ताव हुनसक्ने आशा व्यक्त गरेका छन् ।
युक्रेनका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मङ्गलबार हुने वार्तामा युक्रेनले रुससँग हवाई र नौसैनिक युद्धविरामको प्रस्ताव राख्ने अपेक्षा गरिएको छ।
यसअघि रुसले अस्थायी युद्धविरामको विचारलाई अस्वीकार गर्दै युक्रेनको सैन्य पतन गराइ छाड्ने चेतावनी दिएको थियो ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया