रुसले युक्रेनमा हमला बढायो, ५ को मृत्यु, दर्जन बढी घाइते
काठमाडौं । युक्रेनलाई दबाबमा राख्दै आइरहेको रुसले आक्रमणलाई फेरि चौतर्फी बनाएको छ । पछिल्ला आक्रमणमा पाँच जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
रुसी फौजले अहिले मध्य खार्किभको भवनहरूमा गोलाबारी गरिरहेको छ । स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै जनाइएअनुसार हालसम्म त्यहाँ पाँचको ज्यान गइसकेको छ । दर्जन घाइते छन् । रसियाको सीमा उत्तर पूर्वी सहरमा यसअघि गरिएको आक्रमणमा भारी क्षति पुगेको थियो ।
निप्रोमा रहेका बिबिसीका जो इनबुडले पूर्वी युक्रेनमा हवाई हमलाको साइरन लगभग स्थिर रहेको बताएका छन् ।
त्यसैगरी, दक्षिणी शहर मेकोलाइभ र त्यसआसपासका इलाकामा पनि रुसी रकेटले हमला जारी राखेको त्यहाँका गभर्नर बिटाली किमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर ओडिसाबाट अघि बढ्ने रुसी प्रयासलाई भने युक्रेनी सेनाले अवरुद्ध गरिदिएका छन् ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया