रुसले युक्रेनमा हमला बढायो, ५ को मृत्यु, दर्जन बढी घाइते
काठमाडौं । युक्रेनलाई दबाबमा राख्दै आइरहेको रुसले आक्रमणलाई फेरि चौतर्फी बनाएको छ । पछिल्ला आक्रमणमा पाँच जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
रुसी फौजले अहिले मध्य खार्किभको भवनहरूमा गोलाबारी गरिरहेको छ । स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै जनाइएअनुसार हालसम्म त्यहाँ पाँचको ज्यान गइसकेको छ । दर्जन घाइते छन् । रसियाको सीमा उत्तर पूर्वी सहरमा यसअघि गरिएको आक्रमणमा भारी क्षति पुगेको थियो ।
निप्रोमा रहेका बिबिसीका जो इनबुडले पूर्वी युक्रेनमा हवाई हमलाको साइरन लगभग स्थिर रहेको बताएका छन् ।
त्यसैगरी, दक्षिणी शहर मेकोलाइभ र त्यसआसपासका इलाकामा पनि रुसी रकेटले हमला जारी राखेको त्यहाँका गभर्नर बिटाली किमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर ओडिसाबाट अघि बढ्ने रुसी प्रयासलाई भने युक्रेनी सेनाले अवरुद्ध गरिदिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया