सर्वोत्कृष्ट विद्यार्थीलाई श्री शंकरलाल अग्रवाल गोल्ड मेडल
काठमाडौं । शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलले त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ संकायको स्नातक तह परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई श्री शंकरलाल अग्रवाल गोल्ड मेडल, २०८१ द्वारा सम्मानित गरेको छ ।
इन्ष्टिच्युट अफ इञ्जिनियरिङ (आइओई), थापाथली क्याम्पसको ५९औं वार्षिकोत्सवको अवसरमा जगदम्बाले स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल उक्त कजेलका विद्यार्थी प्रजेश श्रेष्ठलाई सम्मानित गरेको हो ।
स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल श्रेष्ठलाई “श्री शंकर लाल अग्रवाल स्वर्ण पदक वि.सं. २०८१” को मेडलसँगै प्रमाणपत्र र नगद रु. ५१ हजारबाट पुरस्कृत गरिएको जगदम्बा स्टिलले जनाएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. सुशीलबहादुर बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शंकर ग्रुपका निर्देशक–सञ्चालन तथा मार्केटिङ रवि प्रकाश, इन्ष्टिच्युट अफ इञ्जिनियरिङ, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ



प्रतिक्रिया