आइएमई जनरल इन्स्योरेन्सको लिलामी हकप्रद सेयर खुल्यो, कहिलेसम्म आवेदन दिने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलाम गरेको हकप्रद सेयर बिक्री खुलेको छ । हकप्रद सेयर लिलाम खुलेसँगै कम्पनीले शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
कम्पनीका अनुसार उक्त लिलाम हकप्रद सेयरमा वैशाख २० गते दिउँसो ३ बजेसम्म आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन ग्लोबल आइएमई क्यापिटल, काठमाडौं र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरुमार्फत दिन सकिने कम्पनीले जनाएको छ ।
इन्स्योरेन्सले गत फागुन ११ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर संस्थापक समूहतर्फ दुई हजार दुई सय ६१ कित्ता र सर्वसाधारणतर्फ ८८ हजार पाँच सय ३४ कित्ता सेयरको आवेदन नपरेकाले बीमा समितिद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, प्रावधानको अधिनमा लिलाम बढाबढ भएको थियो ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त हकप्रद सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीहरुलाई तोकिएको समयाअवधिमा आवेदन पेश गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया