श्रीलंकाका राष्ट्रपतिले नयाँ १७ मन्त्री नियुक्त गरे
कोलम्बो । गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले गोटाबाय राजपाक्षेले नयाँ मन्त्री नियुक्त गरेका छन् । उनले नयाँ क्याबिनेटमा १७ मन्त्री नियुक्त गरेका हुन् ।
सरकारविरोधी प्रदर्शनको कारण अप्रिलको पहिलो साता राजपाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए । राजपाक्षेले नयाँ सरकार बनाउन विपक्षी पार्टीको सहयोग मागे पनि विपक्षीले अस्वीकार गरेका थिए ।
आर्थिक संकटमा फसेको श्रीलंकाले दैनिक घण्टौ बिजुली कटौती गरिरहेको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजपाक्षेको राजीनामा माग गरिरहेका छन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि अहिलेसम्म सबैभन्दा गम्भीर आर्थिक संकट सामना गरिरहेका छन् ।
विपक्षी पाटीले नयाँ मन्त्री नियुक्तिको विरोध गरेका छन् । उनीहरुले क्याबिनेटमा अनुभव नभएका व्यक्तिलाई ल्याइएको भन्दै विरोध गरेका हुन् । त्यस्तै, सोमबार एक साताका लागि स्टक एक्सचेन्जको कामकारबाही रोकिएको छ ।
श्रीलंकामा यही महिनादेखि विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शन रोक्न श्रीलंका सरकारले सुरुमा देशमा संकटकाल लगाएको थियो भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको थियो । तर, पछि आपतकाल हटाइए पनि आन्दोलन जारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया