श्रीलंकाका राष्ट्रपतिले नयाँ १७ मन्त्री नियुक्त गरे
कोलम्बो । गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले गोटाबाय राजपाक्षेले नयाँ मन्त्री नियुक्त गरेका छन् । उनले नयाँ क्याबिनेटमा १७ मन्त्री नियुक्त गरेका हुन् ।
सरकारविरोधी प्रदर्शनको कारण अप्रिलको पहिलो साता राजपाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए । राजपाक्षेले नयाँ सरकार बनाउन विपक्षी पार्टीको सहयोग मागे पनि विपक्षीले अस्वीकार गरेका थिए ।
आर्थिक संकटमा फसेको श्रीलंकाले दैनिक घण्टौ बिजुली कटौती गरिरहेको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजपाक्षेको राजीनामा माग गरिरहेका छन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि अहिलेसम्म सबैभन्दा गम्भीर आर्थिक संकट सामना गरिरहेका छन् ।
विपक्षी पाटीले नयाँ मन्त्री नियुक्तिको विरोध गरेका छन् । उनीहरुले क्याबिनेटमा अनुभव नभएका व्यक्तिलाई ल्याइएको भन्दै विरोध गरेका हुन् । त्यस्तै, सोमबार एक साताका लागि स्टक एक्सचेन्जको कामकारबाही रोकिएको छ ।
श्रीलंकामा यही महिनादेखि विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शन रोक्न श्रीलंका सरकारले सुरुमा देशमा संकटकाल लगाएको थियो भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको थियो । तर, पछि आपतकाल हटाइए पनि आन्दोलन जारी छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया