संघ सरकारसँग फेरि रिसाए बालेन, टुकुचामा गाडिदिने धम्की
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन) ले संघीय सरकारप्रति आक्रोस पोखेका छन् । महानगरका सरसफाइ कर्मचारीले संघीय सरकारका कारण तलब पाउन नसकेको भन्दै बालेनले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका हुन् ।
महानगरका सफाइ कर्मचारीले पछिल्लो तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बालेनका अनुसार संघीय सरकारको दम्भका कारण सफाइ कर्मचारीले तलब नपाएका हुन् ।
यसबारे संघ सरकारप्रति आक्रोस पोखेका बालेनले यसक्रममा निकै उत्तेजक र अराजनीतिक भाषासमेत प्रयोग गरेका छन् । एक सातामा पनि कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने उनको धम्की छ ।
‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’ त्यसपछि अहिलेको तन्त्र के हो आफूले हेर्ने उनको भनाइ छ ।
काठमाडौं महानगरपालिकाका मेयर साहले बेलाबेला पदीय मर्यादा बिर्सिएर अराजनीतिक धम्की दिने गरेका छन् । यसअघि पनि ट्राफिक प्रहरीले महानगरपालिकाको गाडी चेकजाँच गरेको विरोधमा सिंहदरबार नै जलाइदिने धम्की दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनी स्ट्याटस नै हटाउन बाध्य भएका थिए । त्यसयता निकै संयमित देखिएका बालेनले सोमबार राति पुनः उस्तै उग्र स्ट्याटस लेखेका हुन् । संयमता गुमाएर स्ट्याटस लेखेको भन्दै कतिपयले आलोचना गरे पनि उनले यो स्ट्याटस भने यथावत् राखेका छन् । पोस्ट् गरेको ९ घण्टामा उनको स्ट्याटसमा ३ लाख १५ हजार लाइक, ६३ हजार १०० कमेन्ट आएका छन् भने २४ हजार २०० जनाले सेयर गरेका छन् । बालेनको पोस्ट्मा प्रतिक्रिया जनाउनेमध्ये अधिकांशले उनको समर्थन गरेका छन् भने केहीले संयमता नगुमाउन अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया