नेपाल टेलिकमको नयाँ ‘स्प्रिङ अफर’ सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले नयाँ स्प्रिङ अफर सार्वजनिक गरेको छ । टेलिकमले सोमबार देखि उक्त अफर उपलब्ध हुने जानकारी दिएको हो । टेलिकमले अफरमा पाँच सय ९९ रुपैयाँ देखि एक हजार चार सय ९९ रुपैयाँसम्मका अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ ।
कम्पनीका अनुसार अबदेखि नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रका नेटवर्कमा असीमीत कुराकानी गर्न सकिनुका साथै अन्य सेवाप्रदायकको नेटवर्कमा पनि असिमित कुराकानी गर्न सकिने छ ।
यी प्याकहरुमा प्रतिदिन दुई जिबि र चार जिबि डेटा तथा प्याक अवधिमा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया