सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
इटहरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए। आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दश तले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । आगो निभाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया