विशेष अदालतको फैसलामाथि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले गरेको फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले २ वटा मुद्दाकाे फैसला चित्त नबुुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको हाे ।
२०७८/०७९ मा रौतहटका नगर प्रमुख अजय प्रकाशलाई रौतहटकाे कटहरिया नगरपालिका वडा नं.२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्य भन्दा बढी परिमाण देखाई बढी भुक्तानी गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
त्यस्तै, आयोगले High Dependency Unit (HDU) को उपकरण खरिद मूल्यांकन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहतामाथि स्वास्थ्य निर्देशनालय, धनकुटाले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, बिराटनगरको लागि HDU को उपकरण खरिद गर्दा खरिद नियमावली विपरित गलत लिखतको आधारमा खरिद गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गर्दै आरोपपत्र दायर गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया