संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति
दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत १४३ जनालाई रकम वितरण गर्ने भएको छ ।
संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप रकम प्रदान गरिने उक्त कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले बताए ।
चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य ३८ जनालाई रकम दिन सिफारिस गरिएको उनले जानकारी दिए ।
उक्त कार्यालयले गत आवमा १४२ जनालाई रु १५ लाख क्षतिपूर्ति दिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया