लगातार बढ्दै सुनको मूल्य, आज कति पुग्यो ?

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।
त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९०० ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
शिक्षामन्त्री भट्टराईको राजीनामाबारे ओली- मैले बनाएको मन्त्री हो, सहयोग गरिरहेको छु
-
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
-
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
-
बाराको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
सप्तकोशीमा बेपत्ता दुई जनाको खोजी जारी
प्रतिक्रिया