अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

मध्यविन्दु । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो । सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।
हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया