NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

राप्ती लोकमार्गको थप सडक स्तरवृद्धि हुँदै

दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तरवृद्धि हुन बाँकी खण्डको काम अघि बढेको छ ।

हाल कपुरकोटबाट राम्रीसम्म यही वैशाख १४ सम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर स्तरवृद्धि गर्न लागिएको हो ।  नियमित सवारीसाधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए ।

उनका अनुसार साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाखोरिया(सातावास(किमुचौर(कपुरकोट खण्ड प्रयोग गर्ने गरिएको छ । ठूला सवारीसाधन भने जाममा पर्ने गरेका छन् ।

सडक विस्तार तथा निर्माण भइरहेकाले निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ देखि १४ गतेसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

चार किलोमिटर सडक विस्तारका लागि रु १३ करोड २३ लाखमा आरडी उज्वल लोकमणि ज्वाइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुवेदीले बताए।

ताजा अपडेट

नेपालवाच विशेष