राप्ती लोकमार्गको थप सडक स्तरवृद्धि हुँदै
दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तरवृद्धि हुन बाँकी खण्डको काम अघि बढेको छ ।
हाल कपुरकोटबाट राम्रीसम्म यही वैशाख १४ सम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर स्तरवृद्धि गर्न लागिएको हो । नियमित सवारीसाधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए ।
उनका अनुसार साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाखोरिया(सातावास(किमुचौर(कपुरकोट खण्ड प्रयोग गर्ने गरिएको छ । ठूला सवारीसाधन भने जाममा पर्ने गरेका छन् ।
सडक विस्तार तथा निर्माण भइरहेकाले निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ देखि १४ गतेसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
चार किलोमिटर सडक विस्तारका लागि रु १३ करोड २३ लाखमा आरडी उज्वल लोकमणि ज्वाइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुवेदीले बताए।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया