शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आसन्न संसद् अधिवेशनको प्रारम्भमा शिक्षा ऐन पारित गरेर आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन माग गरे ।
माओवादीले लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । वर्तमान सरकारको ध्यान सुशासन, भ्रष्टाचार नियन्त्रण र जनभावना सम्बोधन गर्नेतर्फ लक्षित गर्न माओवादीले सरकारसँग आग्रह गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया