रुपन्देहीका प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध भ्रष्टाचार मुुद्दा दर्ता गरेको छ ।
दुर्गौलिया नाका हुँदै भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरी सेवाग्राहीसँग घुस मागेको आरोपमा आयोगले खड्कामाथि मुुद्दा दायर गरेको हो । खड्कालाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीमाथि बिगो तीस हजार रुपैयाँकायम गरी सजायको माग गरेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया