विशेष अदालतको फैसलामाथि सर्वोच्च पुग्याे अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
आयोगले सोमबार विशेष अदालतले चंखेली गाउँपालिका हुम्लाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीलाई सफाइ दिएको फैसलामा सर्वोच्चमा पुुनरावेदन दायर गरेको हो ।
०७८/०७९ मा चंखेली गाउँपालिका वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माण कार्यमा उपभोक्ता समिति र गाउँकार्यपालिका बिच सम्झौता हुनु अगावै सामाग्री खरिद गरी नक्कली विल बनाएर वास्तविक भएको कार्य भन्दा बढी कार्य भएको उल्लेख गरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरेर सोही आधारमा भुक्तानी भएको देखिएको भन्दै शाहीविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया