NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

भारत–पाकिस्तान तनाव : रातको समयमा कहाँ के भयो ?

काठमाडौं । भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिदेशनालय (एडिजी पिआई) ले आठ र नौ मेको मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशके सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको जनाएको छ।

भारतीय सेनाका एडिजी पिआइले एक्समा एक भिडियो साझा गर्दै लेखेका छन्, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरी धेरै आक्रमणहरू गरे।’ त्यसक्रममा पाकिस्तानी सैनिकहरूले जम्मू र कश्मीरमा नियन्त्रण रेखा पार गर्दै धेरै पटक युद्धविराम उल्लंघन गरेको उसको भनाइ छ ।

भारतीय सेनाले भनेको छ कि पाकिस्तानी ड्रोन हमलाहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको छ र युद्धविराम उल्लङ्घनको कडा जवाफ दिइएको छ।

बिबिसीका स्थानीय समाचारदाताले बताएअनुसार बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भइरहेको थियो र सीमा नजिकका नागरिक क्षेत्रहरूलाई निशाना बनाइएको थियो।

त्यस्तै, जम्मू–कश्मीरको राजौरीमा रहेकी बीबीसी संवाददाता दिव्या आर्याले बताइन् कि त्यहाँ पूर्ण रूपमा बत्ती काटिएको थियो।

८ मे मा जम्मू–कश्मीरमा विस्फोट र बत्ती काटिएको खबरहरू आएको केही समयपछि बीबीसीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग कुरा गरेको थियो।

उक्त कुराकानीमा ख्वाजा आसिफले जम्मू–कश्मीरमा भएका कुनै पनि आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेका थिए।

भारतीय सेनाले जम्मू, उधमपुर र पन्जाब राज्यको पठानकोटमा रहेका उसका अखडामा पाकिस्तानले गरेको हमला प्रयासलाई विफल तुल्याइदिएको जनाएको छ ।

 

बिबिसी

ताजा अपडेट

नेपालवाच विशेष