क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु
काठमाडौं । म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको भर्खरै जन्मिएका छोराको मृत्यु भएको छ । जुम्ल्याहा सन्तान एक छोरा र छोरी जन्मिएकामा छोराको मृत्यु भएको हो ।
रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफू र आफ्नी प्रेमिका जोर्जीना रोड्रीगेजको एक शिशुको मृत्यु भएको घोषणा गरेका छन् । उनले यो घटनालाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ बताएका छन् ।
उनीहरूले लेखेका छन्, ‘हाम्रा बालक, तिमी हाम्रा निम्ति एक अमूल्य उपहार थियौ, तिमीलाई सधैं माया गर्नेछौं ।’
रोनाल्डो र उनकी प्रेमिका जुम्ल्याहा सन्तानको अपेक्षामा रहेको र उनीहरूको छोरी भने सकुशल रहेको बिबिसीले लेखेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया