मन्त्रिपरिषद् बैठक : पौडेल सचिवमा बढुवा
काठमाडौं । सहसचिव शोभाकान्त पौडेलको सचिवमा बढुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा पदोन्नति गर्ने निर्णय लिएको हो ।
विनोद सिंह गत बुधबार अवकाशमा गएपछि सचिवको एक पद रिक्त थियो । सोही रिक्त पदमा सरकारले पौडेललाई पदोन्नति गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
पौडेलको नाम यसअघि पनि सचिव बढुवाको सूचीमा परेको थियो । तर तीन जनाको नाम सिफारिस हुँदा पौडेल रोजाइमा पर्न सकेका थिएनन् ।
पौडेलसँग भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायत जिम्मेवारी सम्हालेको अनुभव छ ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया