गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरकको उपचार सेवा बन्द भएको घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पताललाई गम्भीर क्षति पु-याएको पुष्टि गर्दै हाल सेवाहरु बन्द गरेको जानकारी दिए ।
टेड्रोसले खान युनिशस्थित अस्पताल बन्द हुँदा न्यूरोसर्जरी, मुटु र क्यान्सर उपचार, गाजाको कुनै पनि ठाउँमा उपलब्ध नभएको उल्लेख गरे ।
यसले अत्यावश्यक स्वास्थ्य सेवाको पनि अभाव भई स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भएकाले अस्पतालहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिए ।
‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि यसको परिणामका बारेमा चेतावनी दिँदै समाजिक सञ्जाल एक्समा उक्त अस्पताल अबुध रोगको उपचारसमेत भएको गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको जानकारी दिएका छन् ।
गाजामा बाँकी रहेका अधिकांश अस्पतालहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेको तथा निरन्तर क्षमताभन्दा बढी काम गरिरहेको सङ्गठनले जनाएको छ । उनले स्वास्थ्य सुविधाहरूमा बारम्बार भएको आक्रमणले इजरायलले गाजालाई कसरी विनास गरिरहेको छ भन्ने कुराको अर्को प्रमाण भएको उल्लेख गरे ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया