अमेरिकामा आँधी, २१ जनाको मृत्यु
काठमाडौं । अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।
अमेरिकाका दुई राज्यका केही भागमा आएको आँधीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको हो। अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले त्यहाँ १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा सात जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ जना सेन्ट लुइस सहरका छन्।
शनिबार बिहान केन्टकीको दक्षिणपूर्वमा रहेको लौरल काउन्टीमा यो आँधी आएको थियो। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।
मिसौरीका अधिकारीहरूका अनुसार शुक्रबार यहाँ आएको आँधीका कारण पाँच हजार भवनमा क्षति पुगेको छ। घरका छाना उडेका छन् र बिजुली आपूर्ति अवरुद्ध भएको छ।
सेन्ट लुइसमा विद्युत कटौतीका कारण करिब एक लाख घर प्रभावित भएका छन्। अग्निशमन विभागले आँधीले बढी असर गरेको ठाउँमा घरघरमा गएर निरीक्षण गरिरहेको जनाएको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया