अमेरिकामा आँधी, २१ जनाको मृत्यु
काठमाडौं । अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।
अमेरिकाका दुई राज्यका केही भागमा आएको आँधीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको हो। अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले त्यहाँ १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा सात जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ जना सेन्ट लुइस सहरका छन्।
शनिबार बिहान केन्टकीको दक्षिणपूर्वमा रहेको लौरल काउन्टीमा यो आँधी आएको थियो। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।
मिसौरीका अधिकारीहरूका अनुसार शुक्रबार यहाँ आएको आँधीका कारण पाँच हजार भवनमा क्षति पुगेको छ। घरका छाना उडेका छन् र बिजुली आपूर्ति अवरुद्ध भएको छ।
सेन्ट लुइसमा विद्युत कटौतीका कारण करिब एक लाख घर प्रभावित भएका छन्। अग्निशमन विभागले आँधीले बढी असर गरेको ठाउँमा घरघरमा गएर निरीक्षण गरिरहेको जनाएको छ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया