अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त

काठमाडौं । नेपालमा AION इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई e:xtraordinary AION V को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै उक्त गाडी हस्तान्तरण गरेको छ।
नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब AION परिवारको हिस्सा बन्न पुगेकी छन्। उनीजस्तै बहुआयामिक क्षमता बोकेको AION V ले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ।
सीजी मोटर्सका जीएम सेल्स, सुशील क्षेत्रीले अभिनेत्री राउतलाई एन्डोर्सरको रूपमा स्वागत गर्दा उत्साहित भएकाे बताए । “हामी वर्षा राउतलाई ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता AION V को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं।” उनले भने ।
कहिले छायांकनमा व्यस्त, कहिले आकस्मिक घुमघाममा, त कहिले शान्त शहर यात्रामा – वर्षा राउतको द्रुत गतिमा अघि बढ्ने जीवनशैलीलाई AION V ले सम्पूर्ण रूपमा समर्थन गर्छ। यस गाडीको ८ (प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउँछ।
AION V मा रहेको ७५ .३ kWh क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेंज एङ्जायटीलाई पूर्ण रूपमा हटाउँछ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ।
AION V काे लक्जरी, स्मार्टनेस र व्यवहारिकता आफ्नै जीवनशैलीसँग मेल खाने अभिनेत्री वर्षा राउतले बताइन् ।
”AION V केवल गाडी होइन – यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु – जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ।” उनले भनिन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया