NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

४ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ , सार्वजनिक लेखा, विकास आर्थिक मामिला तथा सुशासन र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

अहिले बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बीच छलफल हुनेछ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

ताजा अपडेट

नेपालवाच विशेष