NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

सहकारीमा सञ्चालक नै रहेका जो धरौटीमा छुटे

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष हुन् । उनीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । बिहीबार मात्रै उनलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

जिबी राईकै स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक रहेकी कांग्रेस सांसद माया राई दुई साताअघि मात्र १० लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन् ।

उनी सहकारीको सहसचिव थिइन् । मोरङको उमागौरी सहकारीकी तत्कालीन सञ्चालक अञ्जला पोखरेल एक दिन पनि थुनामा बस्नु परेन ।

एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी उनी अदालतमा उपस्थित भएकै दिन १० लाख धरौटीमा रिहा भइन् ।

पोखराको सूर्यदर्शन सहकारीकी तत्कालीन सञ्चालक पूर्वप्रदेश सांसद मीना गुरुङ पाँच लाख धरौटीमै छुटिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।