शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
भरतपुर । मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया