न्युजिल्याण्डका उपप्रधानमन्त्री नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने
काठमाडौँ – न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स दुईदिने औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आउँदै छन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ।
त्यस्तै, आज साँझ उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ र परराष्ट्रमन्त्री डा। राणाले पिटर्सको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्। यो पिटर्सको पहिलो नेपाल भ्रमण हो।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया