उपचारका क्रममा फरार भएका थुनुवा पक्राउ
काठमाडौं । वीर अस्पतालमा उपचारको क्रममा फरार भएका थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका –३ कुञ्चोक कमरडाँडा घर भएका राजेश तिरुवा रहेका छन् ।
उनलाई जबरजस्ती करणी मुद्दामा केन्द्रिय कारागार जगनाथ देवलमा थुनामा राखिएको थियो । तिरुवाले प्यारालाइसिस भएको बताएपछि उपचानरका लागि अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा गत चैत २९ गते राति अस्पतालबाट भागेका तिरुवालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बूढानिलकण्ठ नगरपालिका –१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया