नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २,६४६ दशमलव ९५ विन्दुमा कायम भएको हो।
आज ३१३ कम्पनीका १ करोड ३७ लाख ८२ हजार ४ सय ६८ कित्ता शेयर ५९ हजार १ सय ३० पटक खरिद बिक्री हुँदा कुल रु ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५ सय २२ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक मात्र बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ५ दशमलव ८१ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार ४ सय २६ कित्ता शेयर किनबेच भएको छ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया