आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
बेङलुर । बेङ्गलुरमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएल २०२५ को फाइनलमा पञ्जाब किङ्ग्सलाई हराएर पहिलो पटक उपाधि जितेपछि बेंगलुरुमा आयोजित विजयी जुलुसमा भागदौड मच्चिएको हो ।
भागदौडमा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको संख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।
घटनास्थलमा लाखौं मानिसहरूको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ । उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् । रासस / एएफपी
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया