NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २५ गते

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु

गाजा– दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् । घटनामा धेरै घाइते भएका छन् ।

शनिवार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिड लागेको समयमा गोली प्रहार भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो ।

इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ ।

बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

अमेरिका र इजरायलको नियन्त्रणमा हमासले सञ्चालन गरेको राहत वितरण कार्यक्रम पनि अहिलेलाई स्थगित गरिएको छ ।

राहत वितरण रोकिए पनि त्यसैको आसमा गाजाबासी आउने गरेका छन् । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त क्षेत्रमा सेनाको गतिविधि हुने भएकाले नआउनका लागि सूचना जारी गरेको बताएको छ ।

राहत वितरण गर्ने जिएचएफले शनिबार नै हमासको धम्कीका कारण राहत वितरण नगरेको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष