१२ देशका नागरिकलाई अमेरिका जान रोक
थप सात देशका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध

काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध आजदेखि लागू हुँदैछ । त्यस्तै, थप सात देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा आंशिक रोक लगाइँदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकको जिउधनको रक्षा गर्न भन्दै गत जून ४ मा विभिन्न देशलाई यात्रामा पूर्ण तथा आंशिक प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए । सोही आदेश जुलाई ९ बाट कार्यान्वयनमा जान लागेको हो ।
योसँगै अब अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकले अब अमेरिकाको यात्रा गर्न नपाउने भएका छन् । त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको छ ।
आफ्ना देशका नागरिकको जिउधनको रक्षाका लागि भन्दै अमेरिकाले विभिन्न देशका नागरिकलाई आफ्नो देशमा आउनबाट रोक्न पूर्ण तथा आंशिक प्रतिबन्ध लगाउने गरेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि विभिन्न देशका नागरिकको यात्रामा प्रतिबन्ध लगाएका थिए ।
ताजा अपडेट
-
निजामती सेवा ऐन शीघ्र जारी गर्न माग
-
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
‘प्रतिनिधि सभा बैठक आज दुई बजेदेखि सञ्चालन हुन्छ’-सभामुख
-
भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग
-
क्लासिक टेककाे डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी !
प्रतिक्रिया