अनेरास्ववियुको निर्वाचन कार्यक्रम फेरी संशोधन, विहिबार बिहान ८ बजेदेखि मतदान

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्वको निर्वाचन कार्यक्रम फेरी संशोधन भएको छ ।
निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गर्दै विहिबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान गर्ने कार्यक्रम सार्बजनिक गरेको छ ।
यसअघि बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको थियो । तर निर्वाचन कमिटीले सुरक्षा निकायको सुझाव अनुसार निर्वाचन विहिबारका लागि सारेको बताइएको छ ।
नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो ।
अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।
प्रतिक्रिया