इरानले हानेको मिसाइलले इजरायली रक्षा मन्त्रालयमा क्षति, समाचार प्रशारणमा लगाइयो रोक

काठमाडौं – इरान र इजरायलबीचको तनावले जटिल मोड लिएको छ। शुक्रबार सबेरै बिहान इजरायलले इरानमा मिसाइल आक्रमण गरेयता मध्यपूर्वमा तनाव चुलिएको छ ।
इरान र इजरायल दुवै देशमा ठूलो जनधनको क्षति भएको छ। दुवैतर्फ २० जना बालबालिकासहित कम्तीमा ८० जना मारिएका छन् । इजरायलमा ४ जना मारिएको पुष्टि भएको छ। अन्य सयौंजना घाइते भएका छन्।
इजरायली रक्षा मन्त्रालयमा मिसाइल प्रहार
इरानले इजरायलमाथि गरेको मिसाइल हमलामा तेल अभिवस्थित इजरायली रक्षा मन्त्रालयमा पनि क्षति पुगेको छ । इरानको मिसाइल ‘किर्या कम्पाउण्ड’मा खसेको पुष्टि अमेरिकी सञ्चार संस्था फक्स न्युज र न्यूयोर्क टाइम्सले गरेका छन्।
उक्त क्षेत्रमा रहेको मार्गानित टावरनजिकै विस्फोट भएका फुटेजहरू सामाजिक सञ्जालमा फैलिएका छन्।
यद्यपि, इजरायली सञ्चारमाध्यमहरूले यसबारे कुनै समाचार प्रकाशित गरेका छैनन्। विज्ञहरूका अनुसार यस्तो सैन्य गोपनीयता र सञ्चार प्रतिबन्ध इजरायली सुरक्षा नीतिअन्तर्गत लागू गरिएको हो।
रक्षा मन्त्रालयमा पुगेको क्षतिबारे फक्स न्युजको प्रत्यक्ष प्रसारणका क्रममा इजरायली सुरक्षाकर्मीहरूले संवाददातालाई त्यस क्षेत्रबाट हटाएका थिए । उनीहरूले थप रेकर्डिङ गर्न पनि पत्रकारलाई रोक लगाए।
यस हमलालाई इरानले इजरायलबाट गरिएको हवाई आक्रमणको प्रतिशोधको रूपमा लिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई चेतावनी दिँदै तेहरान जल्ने बताएका छन् ।
दुई देशको तनावले क्षेत्रीय युद्धको खतरा बढाएको छ । हिजबुल्लाह, हमास, सिरिया र अमेरिकाजस्ता शक्ति केन्द्रहरू यस युद्धमा तानिन सक्ने सम्भावना बढेको छ।
स्थिति जटिल हुँदै
इरान र इजरायलको यो द्वन्द्वले मध्यपूर्व क्षेत्रमा व्यापक अस्थिरता निम्त्याएको छ। विश्व शक्तिहरूले तत्काल युद्धविरामको आह्वान गरिरहेका छन् । तर, दुवै पक्षको आक्रोश र चेतावनीपूर्ण भनाइले संकट झनै चर्किन सक्ने संकेत दिएको छ।
ताजा अपडेट
-
टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता
-
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी
-
५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
-
खानेपानीमन्त्री यादवको एक वर्षः मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
-
चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण
प्रतिक्रिया