प्रतिनिधि सभाको बैठक बस्दै, संघीय निजामति सेवा विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव राख्नेछन् ।
यसैबीच, भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएका छन् । छानबिन समिति गठन वा अन्य विषयमा सहमति जुटाउन छलफल जारी छ, तर ठोस निष्कर्ष निस्किएको छैन ।
प्रतिक्रिया