NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १ गते

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

आइतवार बिहान केदारनाथ मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रुहरू सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष