ट्रम्प जी७ शिखर सम्मेलन बीचमै छोडेर अमेरिका फर्कदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी७ शिखर सम्मेलन बीचैमा छोड्ने निर्णय गरेका छन् । ट्रम्प सम्मेलन बीचैमा छोडेर केही समयपछि अमेरिका फर्कन लागेको ह्वाइट हाउसले जनाएको छ ।
मंगलबार बिहान ह्वाइट हाउसले मध्यपूर्वमा तनावका कारण ट्रम्पले यो निर्णय लिएको बताएको छ । यद्यपि, ह्वाइट हाउसले इरान–इजरायल युद्धको बारेमा उल्लेख गरेन ।
यसबीच ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले आणविक सम्झौतामा हस्ताक्षर गर्नुपर्ने आफूले बारम्बार भनेको भन्दै सबैले तुरुन्तै तेहरान छोड्नुपर्ने भनेका थिए ।
क्यानडामा जारी शिखर सम्मेलनको पहिलो दिन सबै ७ सदस्य देशहरूले इजरायल–इरान युद्धविराममा सहमति बनाउन प्रस्ताव ल्याउने प्रयास गरे तर ट्रम्प जी७ को संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न तयार नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया