पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु

एएफपी । पाकिस्तानको उत्तर-पश्चिमी पहाडी क्षेत्रमा अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ।
खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तीन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन्। बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने ६ वटा घर पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
राष्ट्रिय जलवायु तथा मौसम विभागले मंगलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ।
ताजा अपडेट
-
युद्धमा मारिएका ६० उच्च इरानी अधिकारीको सामुहिक अन्त्येष्टि
-
प्रधानमन्त्री भ्रमणमा लागि स्पेन प्रस्थान
-
जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः विद्या भण्डारी
-
नेकपा एमाले एक छ, टुक्य्राउने सपना नदेखे हुन्छः अध्यक्ष ओली
-
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
प्रतिक्रिया