अफगानिस्तानमा मिनीबस दुर्घटना: तीन जनाको मृत्यु, सात घाइते
एएफपी । पूर्वी अफगानिस्तानको पंजशीर प्रान्तमा मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बख्तरले प्रान्तीय सरकारका प्रवक्ता सैफुद्दीन लतूनले भने, “पंजशीर प्रान्तको परियान जिल्लास्थित बामवारदर क्षेत्रमा मिनीबस अनियन्त्रित भई सडकबाट बाहिर निस्किएर पल्टिँदा उक्त दुर्घटना भएको हो ।”
प्रवक्ता लतूनले दुर्घटनामा मृत्यु र घाइतेको पुष्टि गर्दै सबै घाइतेहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।
अफगानिस्तानमा सडक दुर्घटना बारम्बार हुने घटना हो, जसको कारणहरूमा खराब सडक अवस्था, तीव्र गति, लापरवाहीपूर्ण ड्राइभिङ, जोखिमपूर्ण भूगोल, सवारी साधनको अधिक भार र असुरक्षित ओभरटेकिङ प्रमुख रूपमा रहेका छन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया