एन आई सी एशिया बैंक र ई.स्टप नेपालबीच सम्झौता, ग्राहकलाई रेष्टुरेन्टमा १० र चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट
काठमाडाैं । एन आई सी एशिया बैंक र ई.स्टप नेपाल प्रालिबीच सम्झौता भएकाे छ ।
बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको हाे । यस सम्झौतापछि बैंकका ग्राहक हरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिने बैंकले जनाएकाे छ । ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् । दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमासमेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया