५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने चेतावनी दिएका छन् ।
सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गरे र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिए ।
‘हामी निकै दुःखी छौँ, म रुससँग छु । तर, हामी त्यो कुरा फरक दिनमा छलफल गर्नेछौँ । तर यदि ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौँ, शुल्क लगभग १०० प्रतिशत । तपाईँ तिनीहरूलाई सेकेन्डरी ट्यारिफ भन्नुहुन्छ’, ट्रम्पले भनेका थिए, ‘हामीले रुस र युक्रेनसँगको यो युद्धमा लगभग तीन खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गरेका छौं र यो अन्त्य भएको हेर्न चाहन्छौं। यो मेरो युद्ध थिएन। यो बाइडेनको युद्ध थियो। यो मेरो युद्ध होइन’
ट्रम्पले एउटा सम्झौता पनि सार्वजनिक गरे । उक्त सम्झौताअन्तर्गत नाटोले अमेरिकाबाट हतियार खरिद गर्नेछ र त्यसपछि रुससँग चलिरहेको युद्धको बीचमा युक्रेनलाई वितरण गर्नेछ ।
गत हप्ता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्ति वार्तामा प्रगति नभएकामा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘निराशा र हताशा’ प्रतिध्वनि गरेको बताएका थिए ।
लाभरोभसँगको भेटपछि जुलाई १० मा क्वालालम्पुरमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबीचको द्वन्द्वको नतिजा खोज्नमा संलग्न सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताएका थिए। रुबियोले लाभरोभसँगको आफ्नो वार्तालाई ‘स्पष्ट र महत्त्वपूर्ण’ भनेका थिए।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया