एन आई सी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य
काठमाडौं । एन आई सी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिकक होमस्टेको सेवा लिई ग्राहले यस बैंकको मोबाइल बैंकिङ्ग सेवामार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको बैंक र होमस्टेबीचको साझेदारीले ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया