NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, गृहमन्त्रीद्वारा छानबिन गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्‍याइएको छ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार महिलालाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ।

त्यसैगरी, गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।