टिकटकर आयुश चलचित्र खेल्दै
काठमाडौं । चर्चित टिकटकर आयुशसिंह ठकुरीले चलचित्रमा अभिनय गर्ने भएका छन् । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’ मा आयुषले अभिनय गर्ने भएका हुन् ।
उनको यो डेब्यु चलचित्र हो । माइकल चन्दको निर्देशन रहने चलचित्रमा अनुबन्ध भएपछि उनले भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यु गर्ने निर्णय लिएको हुँ ।’
साउनको २९ गते बाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित रहनेछ । चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डीसी, रवि गिरीलगायत कलाकार यसअघि नै फाइनल भइसकेका छन् ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया