रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता मिति निर्धारण
काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
रुपन्देही क्षेत्र नम्बर-३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र दल दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया