कोदालोले हानेर श्रीमतीको हत्या
पाँचथर । पाँचथर फिदिममा एक व्यक्तिले कोदालोको पासोले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको फालेलुङ–७ घर भएका २७ वर्षीय महेन्द्र तामाङले पारिवारिक विवादमा २२ वर्षीय अनु राईलाई बिहीबार राति ८ बजे कोदालोको पासोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएकामा शुक्रबार बिहान उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रुपेश तामाङले जानकारी दिए । तामाङका अनुसार उनीहरु बीच घरायसी विवाद र मनमुटाव रहेको खुलेको छ । महेन्द्रले ससुराली घर नजिकै कोदालोको पासो प्रहार गरेका हुन् ।
श्रीमतीलाई कोदालो प्रहार गरेपछि फरार भएका तामाङलाई फिदिम नगरपालिका–६ सिवास्थित गोले गाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु भएको र अदालत हाजिर गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया