प्राकृतिक विपद्बाट नागरिकको जीउधनको रक्षा गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा सदस्यहरुले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक विपद्बाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकका आकस्मिक समयमा उनीहरुले बाढीपहिराका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तथा वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकृष्ट गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले लामो समयको खडेरीपछि तराई र पश्चिम नेपालमा मनसुन सक्रिय भएकाले सो क्षेत्रका जनतालाई सम्भावित प्राकृतिक विपत्तिबाट जोगाउन समयमै पहल थाल्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्षाका कारण देशभर राजमार्ग प्रभावित भएको जनाउँदै तत्काल सुरक्षित ढंगबाट यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले तराई÷मधेसका क्षेत्रमा सर्पदंशको घटना दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा सर्पदंश उपचारको प्रबन्ध गर्न माग गरे । आम जनता पार्टीका सांसद प्रभु साहले खडेरीको मारमा परेका तराई÷मधेसका किसानलाई उचित राहत दिन माग गरे ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया