रास्वपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । प्रवक्ता मनिष झाका अनुसार बैठक बोलाउने निर्णय भए पनि एजेन्डाहरू भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँझसम्म निश्चित हुने झाले जानकारी गराए ।
रास्वपाले मंगलबार सचिवालय बैठक बोलाएको थियो । सचिवालय बैठकमा मुख्य गरी रुपन्देही-३ को उपनिर्वाचनको छलफलमा केन्द्रित रहेको नेताहरूले जानकारी गराएका छन् ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया