शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बोलायो बैठक
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज २१ साउनसम्मको अल्टिमेटम दिएको थियो ।
समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघले बिहीबार (भोलि) बैठक बोलाएको हो । ‘भोलि बैठक बस्छ । के गर्ने, कसरी जाने भनेर निर्णय गछौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
भोलि नै शिक्षा समिति बैठक बोलाएकाले समितिले गर्ने निर्णयको आधारमा महासंघले आफ्नो रणनीति तय गर्ने भएको छ । गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया